images
images

मानव अधिकार आयोगको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति


  • 254
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    मानव अधिकार आयोगको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

    काठमाडौं ।  सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

    त्यस्तै, नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपबल्कि अफ इजिप्ट अन कोअपरेसन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    यसैगरी, नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्दै मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय समेत भएको छ ।

    शर्माका अनुसार बैठकले चीन भ्रमणमा रहेको बेला हृदयघाट भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य लाभको कामना पनि गरेको छ । गृहमन्त्री श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको छ । 

     


    images
    images

    Logo