images
images

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 448
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/ प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो । 

    दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिने आयोगले जनाइएको छ ।

    यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कनुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ ।

    gorkhapatra.jpg

     


    images
    images

    Logo