काठमाडौं ।सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।
उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार पनि १ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।



