काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता मंगलबार ४० फर्ममाथि अनुगमन गरेको छ । बुधबार दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न वहानमा ठगेको र खरिद विल नराखेको, मूलयसुची नराखेका कम्पनीलाई विभागले कारवाही गरेको हो ।
विभागले उपभोक्ता ठगी गर्ने १९ वटा पसललाई जरिवाना गरेको छ । आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले ४० वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।
बजार अनुगमनका क्रममा मुग्लिङमा रहेको विविध पसलालई १ लाख रुपैयाँ जरिवाना गरेको छ भने नवलपरासी, बाजोखेत काभ्रे , ताम्राकार कम्प्लेक्स, गल्छी मा रहेका ५ पसलालाई ५०÷५० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, अरु बाँकी पसलालई १० हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ ।
चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



