images
images

वायुसेवा निगमले तिर्‍यो किस्ताबापतको ५३ करोड बढी रुपैयाँ 


  • 380
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    वायुसेवा निगमले तिर्‍यो किस्ताबापतको ५३ करोड बढी रुपैयाँ 

    काठमाडौं । नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये असोज महिनाको किस्ता भुक्तानी गरिएको निगमले जनाएको हो । 

    निगमका अनुसार न्यारोबडीको पूरा र वाइडबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो । निगमले यसअघि गत २०७९ असारदेखि २०८० आसारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो। व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षभन्दा सुधार हुँदै गएको निगमले जनाएको छ । 

    नगद प्रवाहमा सुधार भए पश्चात् प्रमूख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिकरूपमा हुने जहाज मर्मत सम्भार खर्चसमेत व्यहोरी विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको निगमले जनाएको छ । त्यस्तै दुर्गम क्षेत्रमा उडान भर्नेगरी ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको निगमले जनाएको छ । 


    images
    images

    Logo