images
images

सशस्त्र प्रहरीको पेट्रोल पम्पले नै गर्यो उपभोक्तालाई तेलमा ठगी


  • 543
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    सशस्त्र प्रहरीको पेट्रोल पम्पले नै गर्यो उपभोक्तालाई तेलमा ठगी

    काठमाडौं । र्‍यापिड रेस्पोन्स टिमले सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरेको छ । अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि टोलीले हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रेस्पोन्स टिमले बुधबार पम्पमा सिल लगाएको हो ।

    र्‍यापिड रेस्पोन्स टिममा प्रधानमन्त्रीको कार्यालयसहित सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारी सहभागी थिए ।

    सोही टोलीले मंगलबार साँझ तीनकुनेको गैरिगाउँमा रहेको बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो । प्रधानमन्त्री कार्यालयमा पम्प सञ्चालकहरुले पम्पको मिटर बिगारेर कम परिमाणमा इन्धन बिक्री गर्दै आएको धेरै गुनासो आउन थालेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा यस्तो टिम खडा गरी अनुगमन गर्न थालिएको हो ।


    images
    images

    Logo