काठमाडौं । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थ मन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । त्यस्तै, यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।
यसबाहेको यी कर्मचारिले तीन महिनामा मोबिल /ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ । निर्देशिकामा इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिकरुपमा दिने उल्लेख गरिएको छ ।
यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।