images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


  • 363
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रदेशसभाका ८६ जनाले समर्थन गरेसँगै उनले विश्वासको मत पाएका हुन् । 

    प्रदेश सभामा हाल ९३ जना सांसद छन् । आजको मत विभाजन प्रक्रियामा ९१ जनाको उपस्थिति रहेको थियो । बाँकी मध्ये ५ जनाले विपक्षमा मतदान गरे । 

    गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए । 

    गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् । 

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिएका हुन् । 


    images
    images

    Logo