काठमाडौं । नेपालले यूएई विरुद्ध १४१ रनको लक्ष्य पाएको छ । आज मुलपानी क्रिकेट स्टेडियममा भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईले १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएको छ । यूएईका बसिल हामिदले सर्वोच्च ५१ रन, अलि नसिरले ३२ रन, मोहम्मद वसिमले १७ रन, आसिफ खानले १५ रनको योगदान दिएका छन् ।
नेपालका तर्फबाट करण केसीले ३ विकेट, गुल्सन झाले २ विकेट र सोमपाल कामी र अभिनास बोहोराले १/१ रन लिएका छन् ।