images
images

एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त


  • 390
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय साझेदार एफएमओबाट २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ। हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ।

    बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमको विकास र प्रवर्द्धनका लागि प्राप्त भएको हो।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     

     

     


    images
    images

    Logo