images
images

पहिलो त्रैमासमा बैंकहरुको रिपोर्ट कस्तो आउँला, भदौको रिपोर्टले देखायो यस्तो सिग्नल 


  • 521
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    पहिलो त्रैमासमा बैंकहरुको रिपोर्ट कस्तो आउँला, भदौको रिपोर्टले देखायो यस्तो सिग्नल 

    काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमास सकिएसँगै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्ने समय सुरु भएको छ । अहिले लगानीकर्ता बाणिज्य बैंकहरुको वित्तीय विवरणको पर्खाइमा रहेका छन् ।

    सोही समयमा नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुको भदौ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ९० लाख रुपैयाँ बढी नाफा गरेका छन् ।

    चालुआर्थिक बर्षको भदौसम्ममा पनि पुँजीको आधारमा सवैभन्दा ठुलो बैंक ग्लोवल आइएमई बैंकले सवैभन्दा धेरै नाफा कमाएको छ । बैंकले दुई महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका हो । 

    नाफा धेरै कमाउने दोस्रो र तेस्रो बैंकमा क्रमश ः नविल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।   नविल बैंकले १ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । 

    राष्ट्र बैंकका अनुसार सवैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । 

    कुन बैंकले कति कमाए नाफा ?

    ग्लोबल आईएमई बैंक – १ अर्ब ७५ करोड ५८ लाख
    नबिल बैंक – १ अर्ब ६५ करोड ४५ लाख
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– १ अर्ब ४८ करोड ६५ लाख
    हिमालयन बैंक – १ अर्ब २३ करोड २४ लाख
    कुमारी बैंक– १ अर्ब १४ करोड ५३ लाख 
    राष्ट्रिय वाणिज्य बैंक– ८७ करोड ५ लाख
    प्राइम कमर्सियल बैंक– ८३ करोड ६५ लाख
    लक्ष्मी सनराइज बैंक – ८१ करोड ४० लाख
    एनएमबि बैंक– ६७ करोड ७० लाख
    एभरेष्ट बैंक– ७१ करोड २५ लाख 
    नेपाल बैंक– ७० करोड ७१ लाख 
    कृषि विकास बैंक– ६१ करोड ५६
    प्रभु बैंक– ६६ करोड ४१ लाख
    सिद्धार्थ बैंक– ५८ करोड ६५ लाख
    स्ट्याण्डर्ड चार्टर्ड बैंक – ४८ करोड ४५ लाख
    सानिमा बैंक – ५१ करोड २० लाख
    सिटिजन बैंक – ४४ करोड ३१ लाख 
    माछापुच्छ्रे बैंक– ३७ करोड ६३ लाख 
    नेपाल एसबीआई बैंक– २७ करोड २९ लाख



    images
    images

    Logo