images
images

देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य हुन्न : माधव नेपाल


  • 222
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य हुन्न : माधव नेपाल

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने बताएका छन् ।

    आज नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले कसैलाई जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए ।

    संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।

    पुर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको बताए । ‘विगतका शासकहरूले कसरी यो मुलुक चलाएका थिए भन्ने सबैलाई एकएक कुराहरु सबै थाहा छ’, उनले भने ।

    उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो भन्ने लाग्छ भने जो कोही पार्टी बनाएर चुनावमा लड्न सक्ने बताए । गत बर्ष भएको निर्वाचन आफैँमा जनमत संग्रह भएको बताउँदै नेपालले जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाएको बताए । पुराना दल र निका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए ।

    देशका समस्या पहिचान गर्नेकुरामा सत्ता गठबन्धन अघि बढेको बताउँदै  यो गठबन्धन ५ वर्षको लागि बनाएको बताए । समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई झन् बलियो बनाउने बताउँदै सरकार एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।

    यसलाई भत्काउने अनेक कोसिस भइरहेका छन् भन्दै उनले ती कुनै कोसिस सफल नहुने दाबी गरे । अध्यक्ष नेपालले गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने दाबी गरे । 

    समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै अध्यक्ष नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बिचार ब्यक्त गरे ।

    पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको बताए ।

    एमाले अध्यक्ष ओली प्रति ब्यंङ्ग्य गर्दै उनले धेरै अहंकार नगर्न र अहंकारले नाश गर्छ भन्दै सुध्रिन सुझाब दिंदा चित्त नदुखाउन आग्रह गरे ।

    कार्यक्रममा बागमति प्रदेशका कृषिमन्त्री डा.राजेन्द्रमान श्रेष्ठ,श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्साल,संघीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, एकीकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटी, भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत लगायतले शुभकामना ब्यक्त गरे ।


    images
    images

    Logo