images
images

सार्वजनिक सवारीसाधनमा टाइम कार्ड लागू


  • 335
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    सार्वजनिक सवारीसाधनमा टाइम कार्ड लागू

    हेटौंडा । दशैंतिहार लगायतका चाडपर्वलक्षित विशेष सुरक्षा योजना सुरु गरेको प्रहरीले सार्वजनिक सवारीसाधनमा आवागमन समय तालिका (टाइम कार्ड) लागू गरेको छ । 

    सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित चाडपर्वलक्षित गरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको चुरियामाईदेखि चितवनसम्म मङ्गलबार बाट टाइम कार्ड लागु गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । 

    मधेश प्रदेशबाट मकवानपुर प्रवेशी नाका चुरियामाई–बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा टाइम कार्ड लागु गरिएको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधनले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरेको भन्दै अवज्ञा गरेका सवारी तथा यातायात व्यवस्था ऐन नियमबमोजिम कारबाही हुने जनाएको छ । 

    ट्राफिक प्रहरी कार्यालयका अनुसार नौ किमी दुरी रहेको चुरि यामाईदेखि हेटौँडा बसपार्कसम्म २० मिनेट, हेटौँडा बसपार्कदेखि मनहरीसम्म ३० किमी ५० मिनेट समय तोकिएको छ । मनहरीदेखि लोथर सम्म १० किमी १६ मिनेट, लोथर देखि गोन्द्राङसम्म २५ किमी ४५ मिनेट र गोन्द्राङदेखि मुग्लिनसम्म ३६ किमी १ः२० मिनेट समय लाग्ने गरी सार्वजनिक सवारीसाधनको समय तालिका तय गरिएको छ । 

    चाडपर्वको समयमा सवारी चापका कारण दुर्घटनाको जोखिम बढी हुने भन्दै दुर्घटना न्यूनीकरणका लागि अनिवार्य टाइम कार्ड लागु गरिएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । 


    images
    images

    Logo