images
images

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


  • 268
    SHARES
  • २०८० कार्तिक १ गते बुधबार

    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौं । कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् । 

    गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए । 

    गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिन लागेका हुन् । 


    images
    images

    Logo