images
images

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान


  • 330
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडा/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
         
    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ १ सय १० उडान हुँदैछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
         
    नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ । आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी ३ सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।


    images
    images

    Logo