काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।