काठमाडौं । कात्तिक महिनाका लागि ४ वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । नयाँ महिनाको लागि निर्धारित ब्याजदर अघिल्लो महिनाको अन्तिमसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार वाणिज्य बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार यस्तो देखिएको हो ।
हाल २० वाणिज्य बैंकमध्ये सञ्चालनमा छन् । तीमध्ये १५ बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकको ब्याजदर स्थिर छ । ब्याजदर बढाउने बैंकहरुमा नेपाल एसबीआई बैंक र एनएमबि बैंक रहेका छन् ।
त्यस्तै, एनएमबि बैंकले बचत खातामा न्यूनतम ६.००३ र एकवर्षे व्यक्तिगत मुद्दती खातामा १०.५० प्रतिशत ब्याज दिनेगरी तालिका सार्वजनिक गरेको छ । अघिल्लो महिना यस्तो ब्याजदर क्रमशः ५ र ९.९९ प्रतिशत थियो ।
नेपाल एसबीआई बैंकले बचत खातामा न्यूनतम ५.७० र एकवर्षे व्यक्तिगत मुद्दती खातामा ९.२० प्रतिशत ब्याज दिनेगरी तालिका सार्वजनिक गरेको छ । अघिल्लो महिना यस्तो ब्याजदर क्रमशः ५.५१ र ९.१० प्रतिशत थियो ।
अहिले बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याजदर तोकेका छन् । यसरी अधिकतम ब्याजदर तोक्ने बैंकहरुमा हिमालयन बैंक र एनआईसी एशिया बैंक छन् । बचत खातामा भने एनएमबि, हिमालयन र एनआईसी एशियाले सर्वाधिक ६.००३ प्रतिशत ब्याजदर तोकेका छन् ।
*सच्याइएकाे



