काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता शनिबार २२ फर्ममाथि अनुगमन गरेको छ । सोमबार दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न वहानमा ठगेको र खरिद विल नराखेको, मूलयसुची नराखेका कम्पनीलाई विभागले कारवाही गरेको हो ।
विभागले उपभोक्ता ठगी गर्ने ६ वटा पसललाई ६५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै ७ वटा पसलसँग थप कागजात माग गरिएको छ भने ९ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।
आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २२ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।
बजार अनुगमनका क्रममा नयाँ बानेश्वरमा रहेको रेडिमेड तथा थान कपडालाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । यता नयाँ बानेश्वरमा रहेको अर्को रेडिमेड तथा थान कपडा २० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, काठमाडौंमा रहेको २ वटा रेडिमेड तथा थान कपडालाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै, विभागले जोरपाटीमा रहेको रेडिमेड तथा थान कपडा ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



