काठमाडौं । नापी कार्यालय झापाका सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रेष विज्ञप्ती जारी गर्दै उनीहरुलाई घुससहित पक्राउ गरिएकोबारे जानकारी दिएको हो ।
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।
टोलीले उनीहरुलाई सेवाग्राहीसँगबाट लिइएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँ बराबरको चेकसहित भद्रपुर, नगरपालिका वडा नं. ७, चन्द्रगढीबाट पक्राउ गरेको विज्ञप्तीमा जनाइएको छ ।