काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्धजन्य पदार्थहरुको मुल्य कटौती गरेको छ ।
मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थहरुमा सहुलियत दरमा आम उपभोक्ताहरुलाई उपलब्ध गराउने उदेश्यले मुल्य कटौती गरिएको जानकारी दिए ।
मन्त्रालयका अनुसार स्ट्यान्डर्ड दुध १ लिटरमा २ रुपैँयाले कटौती गरिएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर रहेको स्ट्यान्डर्ड दुधको मूल्यमा २ रुपैयाँ कटौती गर्दै ९५ रुपैयाँ कायम गरिएको हो ।
स्ट्यान्डर्ड दूध (प्याकेट) आधा लिटरमा १ रुपैयाँले कटौती गरिएको छ । यसअघि ५० रुपैयाँ रहेको आधा लिटर दुधको मूल्यमा १ रुपैयाँ कटौती गर्दै ४९ रुपैयाँ कायम गरिएको हो ।
यस्तै दहीमा २० रुपैयाँ कटौती गर्दै १ सय ७० प्रति लिटर कायम गरिएको छ । पनिरमा १ सय रुपैयाँ कटौती गर्दै ९ सय कायम गरिएको छ । नौनीमा प्रति किलो १ सय कटौती गर्दै १ हजार कायम गरिएको छ ।
यस्तै टेबल बटर २५० ग्रामको ४ सय मूल्य रहेकोमा ५० रुपैयाँ कटौती गरिएको छ । यस्तै घिउ प्रतिलिटर ११ सयमा उपलब्ध हुनेछ ।
यस्तै मिठाइमा प्रति प्याकेट १० रुपैयाँ, याक नौनी प्रति किलो १ सय ५०, याक चीज ५ सय ग्राममा ५० र फ्रेस मिल्क २ सय मिलिलिटरमा ७ रुपैयाँ कटौती गर्दै ७५ कायम रहेको मन्त्रालयले जनाएको छ ।



