images
images

कान्तिपुर मिडिया ग्रुपका पत्रकारलाई न्याय दिलाउन पत्रकार महासंघले आन्दोलन गर्ने 


  • 363
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    कान्तिपुर मिडिया ग्रुपका पत्रकारलाई न्याय दिलाउन पत्रकार महासंघले आन्दोलन गर्ने 

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका पत्रकारलाई न्याय दिलाउन नेपाल पत्रकार महासंघले आन्दोलन गर्ने भएको छ । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै महासंघले अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको हो । 

    कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न आन्दोलनको घोषणा गरिएकाे महासंघले जनाएकाे छ । 


    प्रेस सामग्री
    नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।

    कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।

    घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले २०८० असोज ३० गते मंगलबार दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराइन्छ । यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने सबैमा जानकारी गराइन्छ ।
     
    व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूणर् कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न  नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो ।
     
    घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गर्दछ ।


    images
    images

    Logo