images
images

पठाओ र इनड्राइभको नाममा अफलाइन राइड शेयरिङ गर्ने ८३ जना पक्राउ


  • 486
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    पठाओ र इनड्राइभको नाममा अफलाइन राइड शेयरिङ गर्ने ८३ जना पक्राउ

    काठमाडौं । पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ । ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । 

    अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो । पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको प्रहरीले जनाएको छ । अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ । 


    images
    images

    Logo