काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।