images
images

उत्तर पश्चिम पाकिस्तानमा भीडन्त, ६ आतङ्कवादी र एक सैनिकको मृत्यु


  • 304
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    उत्तर पश्चिम पाकिस्तानमा भीडन्त, ६ आतङ्कवादी र एक सैनिकको मृत्यु

    पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिबार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ ।

    मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आइएसपीआर) ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको हो ।

    कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा छ जना आतङ्ककारी मारिएका छन् भने, आठ जना आतआङ्ककारी घाइते भएका छन् ।  आईएसपीआरले दिएको जनाकारी अनुसार एक जना ३३ वर्षीय सुरक्षाकर्मीले पनि भीडन्तमा ज्यान गुमाएका छन् ।

    आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको  प्रहरीले जनाएको छ ।


    images
    images

    Logo