images
images

दसैं बिदामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने


  • 357
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    दसैं बिदामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने

    काठमाडौं । सर्वोच्च अदालतले दसैं बिदामा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने जनाएको छ। देशभरका अदालतमा आइतबार अथात् आजदेखि नै दसैं बिदा सुरु भएको छ । दसैं बिदा (१० दिन) मा बन्दीका मुद्दाको मात्रै सुनुवाइ हुनेछ।

     दशैं बिदाको समयमा सर्वोच्च अदालतमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणका रिटहरुको सुनुवाइ हुने जनाइएको छ । सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइ हेर्ने न्यायाधीशको सूची सार्वजनिक गरेको छ। 

    सूचीअनुसार असोज २९ गते (सोमबार) न्यायाधीश सपना प्रधान मल्ल, असोज ३० गते (मंगलबार) आनन्दमोहन भट्टराई, कात्तिक १ गते (बुधबार) प्रकाशकुमार ढुङ्गाना, कात्तिक २ गते (बिहीबार) मनोजकुमार शर्मा, कात्तिक ३ गते (शुक्रबार) नहकुल सुवेदीले बन्दीका रिट हेर्नेछन्। 

    यस्तै, कात्तिक ४ गते (आइतबार) र कात्तिक ५ गते (सोमबार) न्यायाधीश   प्रकाशमान सिंह राउतले मुद्दा हेर्नेछन्। कात्तिक ८ गते (बुधबार) हरिप्रासद फुयाल, कात्तिक ९ गते (बिहीबार) कुमार रेग्म र कात्तिक १० गते (शुक्रबार) तिलप्रसाद श्रेष्ठले बन्दीका मुद्दा हेर्नेछन्।

    सर्वोच्चका अनुसार अब अदालत कात्तिक १२ गतेदेखि मात्रै खुल्नेछन्। कात्तिक ४, ७ र ११ गते शनिबारको बिदा ‍भएकाले यी दिनमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुनेछैन।

    Untitled.jpg

     


    images
    images

    Logo