काठमाडौं । पूर्व अरनिको यातायात प्रालिको जडीबुटीमा रहेको बसपार्क सञ्चालनमा सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाले भत्काउन खोजेको उक्त बसपार्क आजदेखि सञ्चालनमा आएको हो ।
पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा बनाएको बसपार्कको संरचना काठमाडौं महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशपछि उक्त बसपार्क आइतबारबाट सञ्चालनमा आएको हो ।
जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रा.लि. दर्ता गरेर पूर्वअरनिको यातयात प्रा.लि.ले झन्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको हो ।