काठमाडौं । अध्यागमन विभागको पर्यटन भिसा शाखा र एजेन्सी शाखा दशैंमा एक दिन मात्र बन्द रहने भएको छ । विभागले एक सुचना जारी गद्यैृ यस्तो जानकारी गराएको हो ।
दशैंमा सरकारले दिएको बिदामध्ये कात्तिक ७ का बडा दशैंको दिनमा मात्र अध्यागमन विभागको सेवा पूर्ण बन्द रहने भएको छ । यसबाहेकका दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म यी दुई शाखा खुला रहने विभागले जानकारी गराएको छ । सरकारले दशैंमा कात्तिक ४ गतेदेखि ९ गतेसम्म सार्वजनिक बिदा दिएको छ ।
यी दुवै शाखा तिहारमा समेत एक दिन मात्र बन्द रहने भएको छ । तिहारमा २६ कात्तिकदेखि ३० कात्तिकसम्म मनाइँदैछ । यसमध्ये २९ कात्तिकमा पर्ने भाइटिकाको दिन बाहेक अन्य दिनमा भने सार्वजनिक बिदामा समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।



