काठमाडौं । सिद्धार्थ बैंकले ५ लाख ४९ हजार ५ सय ७३ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५ सय ६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको ९५ हजार १० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज आइतबार (असोज २८ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।