गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमामा लागू हुनेगरी ५ करोड रुपैयाँभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । परियोजनाले चालु आर्थिक वर्ष २०८०र८१ अन्तर्गत स्वीकृत भएर आएको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । दुई जिल्लाका लागि परियोजनाअन्तर्गत चालु आर्थिक बर्षमा पुँजीगत तथा चालु खर्चका लागि ५ करोड ५ लाख रुपैयाँ रकम प्राप्त भएको कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए ।
परियोजनाअन्तर्गत नयाँ सिँचाइका पूर्वाधार निर्माण गर्न र गत आर्थिक बर्षमा विस्तार भएका अधुरा सिँचाइ पूर्वाधार निर्माणका लागि ९१ लाख रुपैयाँ प्राप्त भएको उनले बताए । “बगैँचा सुदृढीकरण कार्यक्रमका लागि यस वर्ष २४ लाख रुपैयाँ विनियोजन भएर आएको छ”, प्रमुख ढुङ्गानाले भने, “४० लाख रुपैयाँ जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरणमा सहयोगका लागि रकम प्राप्त भएको छ ।”
सुन्तला जातका फलफूल बगैँचामा खाद्यतत्व, सुस्मतत्व व्यवस्थापन तथा प्रदर्शनीका लागि ३ लाख ५० हजार रुपैयाँ र चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा कार्यान्वयन सहयोगका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
त्यस्तै परियोजनाअन्तर्गत चालु आर्थिक बर्षमा पुराना चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवस्थापन सहयोगमा ९ लाख रुपैयाँ बराबरको कार्यक्रम रहेको छ । “यस वर्ष सुन्तला जातका फलफूलको नमुना बगैँचा स्थापना कार्यक्रमका लागि २१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ”, प्रमुख ढुङ्गानाले भने “प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानमा ११ लाख २८ हजार रुपैयाँ प्राप्त भएको छ ।”
परियोजनाले चालु आर्थिक बर्षमा ४ लाख १३ हजार रुपैयाँको क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण सेवा तथा आकस्मिक बाली संरक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ । त्यस्तै तरकारी क्षेत्र विस्तार तथा नवीनतम् उन्नत प्रविधि प्रदर्शनका लागि ७ लाख ५२ हजार रुपैयाँ, आलु जातीय उत्पादन प्रदर्शनी कार्यक्रमका लागि ८ लाख रुपैयाँ, अनुदानमा पिबिएस÷उन्नत आलुको बीउ वितरणका लागि ३ लाख ९२ हजार रुपैयाँ, धानको बीउ वृद्धि कार्यक्रम÷स्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि ६ लाख ४० हजार रुपैयाँ र धान बालीमा नविन प्रविधि प्रदर्शनका लागि ८ लाख ८५ हजार रुपैयाँ विनियोजन भएर आएको उनले जानकारी दिए ।
परियोजनाबाट यस वर्ष स्थानीय तहसँगको समन्वयमा नर्सरी स्रोतकेन्द्र स्थापनारसुदृढीकरणका गर्नका लागि ६ लाख रुपैयाँ, अनुदानमा तरकारीको ‘हाइब्रिड’ जातको बीउ वितरणका लागि ४ लाख रुपैयाँ, फलपूmलका निजी नर्सरी सुदृढीकरणका लागि १० लाख रुपैयाँ र जोनरसुपरजोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार ९सुन्तला०का लागि १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख ढुङ्गानाले बताए।



