images
images

दशैं नजिकिएसँगै हवाई यात्रुहरूलाई टिकट पाउन सास्ती


  • 309
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    दशैं नजिकिएसँगै हवाई यात्रुहरूलाई टिकट पाउन सास्ती

    हुम्ला । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

    सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताए । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरे । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उनको भनाइ थियो । टिकटहरू भनसुन, पहुँचका आधारमा वितरण गरिने भएको कारण आफू बिहान सबेरै एयरलाईन्सहरूका कार्यालयमा पुग्ने गरेको भएपनि यत्रो दिनसम्म टिकट नपाएको गुनासो उनको छ। 

    यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।

     


    images
    images

    Logo