images
images

१९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ पसललाई १ लाख ५ हजार जरिवाना


  • 371
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    १९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ पसललाई १ लाख ५ हजार जरिवाना

    काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता शुक्रबार १९ फर्ममाथि अनुगमन गरेको छ । शुक्रबार दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न वहानमा ठगेको र खरिद विल नराखेको, मूलयसुची नराखेका कम्पनीलाई विभागले कारवाही गरेको हो । 

    विभागले उपभोक्ता ठगी गर्ने ६ वटा पसललाई १ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार बुढानिलकण्ठको पानी पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलले मूल्य सूची, दर्ता प्रमाण नराखेको पाइएको थियो । ४ जना सदस्यसहितको टोलीले पानी पसललाई ५० हजार जरिवाना तिराएको हो । यसबाहेक, ललितपुरको कस्मेटिक पसललाई २० हजार तिराइएको प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । 

    यस्तै, इन्द्रावतीको किराना पसललाई ५ हजार, खुसिबुको किराना पसललाई ५ हजार, कालिमाटीको माछा पसललाई ५ हजार र काठमाडौंको किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । यी पसलहरुले बिलबिजक नराख्ने, मूल्यसूची नराख्ने गरेको पाइएको छ।

    चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     

     


    images
    images

    Logo