images
images

छहारी बचत तथा ऋण सहकारीको नाफा ७६ लाख


  • 783
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    छहारी बचत तथा ऋण सहकारीको नाफा ७६ लाख

    भक्तपुर । छहारी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो साधारण सभाको सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरे । 

    सुर्यविनायक नगरपालिका–४ गाम्चामा रहेको सहकारीले नगरपालिकाकै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भइसकेको छ । सुर्यविनायक नगरपालिकाभर र मध्यपुर थिमिका साविक १०, ११ र १२ नं। वडा कार्यक्षेत्र रहेको सहकारीले आफ्नै आधुनिक भवन छ । 

    छहारीमा दुई हजार ७ सय ४५ जना महिलासहित पाँच हजार एक सय ५२ जना सेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्ष २६ करोड २९ लाख रूपैया बचत संकलन गरी ३७ करोड १ लाख रूपैयाँ ऋण लगानी गरेको छ । संस्थाका अध्यक्ष कृष्णहरि खड्काका अनुसार सहकारीले गत वर्ष ७६ लाख ९० हजार रूपैयाँ नाफा आर्जन गरेको छ । 

    सहकारीले ६० वर्ष पुगेका जेष्ठ सदस्यलाई ५० प्रतिशत छुटमा उपचार गराउने व्यवस्था गरेको छ भने अन्य शेयर सदस्यलाई २० देखि ३० प्रतिशत छुटमा उपचार गर्न आरोग्य मल्टिस्पेसियालिटी हस्पिटलसंग समझौता गरेको अध्यक्ष खड्काले बताए । 

    उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष लक्ष्छुराम न्यौपानेले छहारी साकोस यस क्षेत्रकै उत्कृष्ट रहेको बताउँदै सहकारीको सिद्धान्त अनुसार नचलेकै कारण अहिले कतिपय सहकारीमा समस्या देखिएकाले सञ्चालक र शहकारी हेरेर मात्र कारोबार गर्नुपर्ने बताए । नगर क्षेत्रका केही सहकारीमा समस्या आएपछि नगरपालिकाले अनुगमन बढाएको छ । 
    कार्यक्रममा समाजसेवी प्रेमबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।


    images
    images

    Logo