images
images

गुणस्तरहीन पानी बिक्री गरेको भन्दै पानी उद्योगमा सिल


  • 300
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    गुणस्तरहीन पानी बिक्री गरेको भन्दै पानी उद्योगमा सिल

    काठमाडौं । टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ । नगरपालिकाबाट आज खटिएको अनुगमन टोलीले टोखा नगरपालिका–३ ढलमलटोलमा सञ्चालित एक्वा अविरल पानी उत्पादन गर्ने सिलवाल गुप्र इण्ड्रष्टिज प्रालिलाई सिल गरेको हो । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्थानीय तहमा दर्ता नभई विगत १६ वर्षदेखि सञ्चालनमा रहेको र गुणस्तरहीन पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको जानकारी दिए ।

    यस्तै, नगरपालिकाको बजार अनुगमनका क्रममा वडामा दर्ता नभई सञ्चालित गोँगबु तरकारी बजारलाई १० हजार रुपैयाँ, म्याद नाघेको वस्तु बिक्री वितरण गर्ने सागर प्लास्टिक सप्लायर्सलाई पाँच हजार रुपैयाँ, दर्ता नगरी सञ्चालित गुड्डु किराना एण्ड मसला सेन्टर गोँगबुलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।

    यसैगरी, टोखा नगरपालिका वडा नं ११ बानियाँटारमा सञ्चालित क्वालिटी फ्रेस चिकेन सप्लायर्सलाई सिल गरेको छ । नगरपालिकाले चाडपर्वको समयमा टोखावासीको जनस्वास्थ्यलाई ध्यानमा दिएर अनुगमनलाई तीव्रता दिएको हो ।

    अनुगमनका क्रममा नगरप्रमुख प्रकाश अधिकारी, नगर उपप्रमुख मुरारी तामाङ, वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्का, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योगका प्रतिनिधिलगायत टोखाका कर्मचारीको सहभागिता थियो ।

    काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा ११ वडा रहेका छन् । नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई निरन्तरता दिने नगरपालिकाकी पशुसेवा शाखाकी प्रमुख डा सुस्मिता गौतमले जानकारी दिइन् । 


    images
    images

    Logo