images
images

मंसिरमा विशेष परीक्षा लिँदै मेडिकल काउन्सिल, आवेदन दिने समय दुई दिन मात्रै


  • 330
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    मंसिरमा विशेष परीक्षा लिँदै मेडिकल काउन्सिल, आवेदन दिने समय दुई दिन मात्रै

    काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विशेष परीक्षाको लागि आवेदन खुला गरेको छ । काउन्सिलले शुक्रबार सूचना जारी गर्दै आगामी मंसिर १४ र १५ गते सञ्चालन हुने परीक्षाको लागि शनिबारदेखि आवेदन खुला गरिने काउन्सिलले जनाएको छ ।

    विशेष परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले एनएमसीले दिएको लिंकमा गएर फारम भर्नु पर्नेछ । इच्छुक विद्यार्थीका लागि फारम भर्ने अवधि असोज २७ देखि कार्त्तिक २६ गतेसम्म तोकिएको छ ।

    विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुने पनि काउन्सिलले जानकारी दिएको छ ।

    NMC.jpg


    images
    images

    Logo