images
images

१६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई २५ हजार जरिवाना 


  • 319
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    १६ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई २५ हजार जरिवाना 

    काठमाडौं । वाणिज्य आपुर्ति तथा उपभोक्ता विहीबार १६ फर्ममाथि अनुगमन गरेको छ । विहीबार दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न वहानमा ठगेको र खरिद विल नराखेको, मूलयसुची नराखेका कम्पनीलाई विभागले कारवाही गरेको हो । 

    तथ्यांकअनुसार चमतिमा रहेको खाद्य वस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । त्यस्तै, स्यम्भुमा रहेको खाद्य वस्तु पसलालई ५ हजार रुपैयाँ जरिवाना गरेको छ भने काठमाडौंमा रहेको डिपार्टमेन्टल स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । यसवाहेक सतुंगलमा रहेको खाद्य वस्तुलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 

    चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।


    images
    images

    Logo