images
images

१८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 499
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, ३६४ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको माघ २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी बैशाख ४ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी असोज २९ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images
    images

    Logo