काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कायम भएको छ ।
विहीबार प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महांघले जनाएको छ ।