images
images

जितपुर सिमरा उपमहानगरका पूर्वमेयर पौडेल मृत फेला


  • 470
    SHARES
  • २०८० आश्विन २६ गते शुक्रबार

    जितपुर सिमरा उपमहानगरका पूर्वमेयर पौडेल मृत फेला

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको हुन् ।

    पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । बारामा सहकारी क्षेत्रमा समेत योगदान गरेका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।

    पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ ।

     


    images
    images

    Logo