images
images

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले लगायो भ्रष्टाचारको मुद्दा


  • 515
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले लगायो भ्रष्टाचारको मुद्दा

    काठमाडौं । राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । 

    शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा सहायक निरीक्षक पदमा नियुक्ति र पछि बढुवा भएको ठहर गर्दै अख्तियारले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    क्षेत्रीको प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

    अनुसन्धान हुँदा क्षेत्रीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

    उनले सोही प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरुमा नियुक्ति भइ वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा लिएको ठहर अख्तियारले गरेको छ । 

    क्षेत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर भएको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय मागदाबी अख्तियारले गरेको छ । 


    images
    images

    Logo