images
images

चार जिल्लाका सिडिओ फेरिए


  • 405
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    चार जिल्लाका सिडिओ फेरिए

    काठमाडौं ।  गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको हो । 

    दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रमुख जिल्ला अधिकार रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

    इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

     

     

     


    images
    images

    Logo