images
images

स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव नेतृत्वको ४ सदस्यीय टोली गठन


  • 267
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव नेतृत्वको ४ सदस्यीय टोली गठन

    काठमाडौं । स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले सहसचिव नेतृत्वको टोली गठन गरेको छ । विगत १२ दिनदेखि निरन्तर आन्दोलनमा रहेका कर्मचारीसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।

    वार्ता टोलीमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई छन् । 

    कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डला देखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

    सरकारले आधिकारिक रुपमा वार्ता टोली गठन नगरेसम्म वार्तामा नबस्ने आन्दोलनरत कर्मचारीको माग थियो । 


    images
    images

    Logo