images
images

प्रहरीले पायो ‘लुट्न आउने’ सूचना, गोली हानेर लुटेरा पक्राउ


  • 447
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    प्रहरीले पायो ‘लुट्न आउने’ सूचना, गोली हानेर लुटेरा पक्राउ

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालले जनाएको छ । 

    ‘लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिए । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

    गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।  काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo