images
images

छोरीको घर निर्माणमा सहयोग प्रतिवद्धताको ओइरो, सांसदहरुले के भने ?


  • 254
    SHARES
  • २०८० आश्विन २५ गते बिहीबार

    छोरीको घर निर्माणमा सहयोग प्रतिवद्धताको ओइरो, सांसदहरुले के भने ?

    काठमाडौं । भक्तपुरको चागुनारायण नगरपालिकाको ताथलीमा बन्ने भनिएको छोरीका घर जेष्ठ नागरिक आश्रम निर्माणमा सहयोग प्रतिवद्धताको ओइरो लागेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको ‘विराट पितृ महाययज्ञ’ मा सांसदहरुको बाक्लो उपस्थिती रहेको छ । 

    387.jpg

    त्यस्तै, महायज्ञमा दान सहयोग गर्ने दानविरदातको संख्या उकालो लागेको बताइएको छ । जसमा चागुनारायण नगरपालिका तथा अन्य पालिकाबाट र छिमेकी जिल्लाबाट पनि दान गर्ने दानविरताहरुको बढदै गएका छन् । 

    दानविर दाता बढदै जादा जर्मनबाट पनि दान सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएका छन् । जसमा बुधबार जर्मनको फ्रान्कफुर्ट निवासी नेपाली निर्मला गुरुङ्गको परिवारले महायज्ञमा सहभागि भएर आर्थिक दान रकम सहयोग गरेका हुन । उक्त परिवारले १ लाख १ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । 

    prajapati.jpeg

    जसमा बुधबार बाग्मति प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले आश्रमले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले गर्ने सहयोगमा पूर्णबिराम नलाग्ने बताएकी हुन् । उनले “प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।” सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन । सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।”

    3873.jpg

    छोरीको घर जेष्ठ नागरिक आश्रमको जग्गा खरिद गरि भवन निर्माणको लागि भनेर नेपाल आएको बेलामा केहि रकम दान गरेको गुरुङ्गले बताएकी छन ।

    त्यस्तै, हरेक काम भगवानले जिम्मेवारी दिने भन्दै बाग्मति प्रदेश सभा सदस्य रमा आले मगर मगरले महायज्ञ आयोजना गर्ने जेष्ठ नागरिकको सेवा गर्ने जिम्मेवारी पनि विजयमूर्ति महाराजलाई भगवानले नै जिम्मेवारी दिएको बताएकी छन ।

    अहिले युवाहरु विदेश पलायन हुने प्रकृया बढदै गएकाले जेष्ठ नागरिक चाहेर नचाहेर आश्रममा आश्रय लिन बाध्य रहेको अबस्थामा जेष्ठ नागरिक आश्रम निर्माण गर्नु आफैमा पुण्यको कार्य रहेको पनि सांसद आलेमगरले उल्लेख गरेकी छन ।


    images
    images

    Logo