काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको महांघले जनाएको छ ।