images
images

लण्डनको एक विमानस्थलमा आगलागी, साँझसम्मका लागि सबै उडान रद्द 


  • 435
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    लण्डनको एक विमानस्थलमा आगलागी, साँझसम्मका लागि सबै उडान रद्द 

    काठमाडौं । एक विमानस्थलमा आगलागी भएका कारण सबै उडान रद्द गरिएका छन् । लण्डनको लुटन विमानस्थलको टर्मिनल २ को पार्किङमा आगलागी भएपछी सम्पूर्ण उडान रद्द गरिएको विमानस्थल प्रशासनले जनाएको हो ।

    विमानस्थलका अनुसार स्थानीय समय अनुसार दिउँसो ३ बजे (नेपाली समय अनुसार साँझ ७ः४५) बजेसम्म विमानस्थल बन्द हुनेछ। त्यो समयसम्म यात्रुहरुलाई विमानस्थलमा नआउन आग्रह गरिएको छ ।

    हाल ‘एमर्जेन्सी’ टोलीले आगो नियन्त्रण लिइसकेको जनाइएको छ । आगो लाग्दा करिब १ हजार ५०० कारहरु पार्किङमा थिए। आगलागीबाट भएको क्षतिको भौतिक विवरण सार्वजनिक भएको छैन । सो घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

    आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, पार्किङमै रहेको कारबाट आगो सल्केको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    आगलागीका कारण विमानस्थलको एक क्षेत्रमा रहेको भवनमा क्षति पुगेको छ  । हाल विमानस्थलले यात्रु र कर्मचारीको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छ ।

    विमान उडानको समय बारे बुझ्न यात्रुहरुलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    बीबीसी


    images
    images

    Logo