काठमाडौं । सरकारले अनुगमन बढाएपछि उद्योग वाणिज्य संघले काठमाडौंंका व्यवसायीलाई १० वुँदे सुझाव दिएको छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्र्दै आफ्ना सदस्य तथा आम व्यवसायीहरुलाई मर्यादित व्यवसाय गर्न १० वुँदामा सुझाव दिएको हो ।
स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजारमा चाडवार्ड लक्षित बजार अनुगमनको सम्भाव्य कारबाहीबाट जोगिन मूल्यसूची अनिवार्य राख्न, दर्ता प्रमाणपत्र अनिवार्य राख्न, म्याद गुज्रिएका वस्तुहरु नराख्न, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रि गर्दा अन्तःशुल्क दर्ता अनिवार्य राख्न व्यवसायीलाई भनिएको छ ।
