images
images

अर्थमन्त्री महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल


  • 215
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    अर्थमन्त्री महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

    मोरक्को । मराकेशमा जारी विश्व बैङ्कको वार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाश शरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको हो । 

    उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । 

    अर्थमन्त्री डा. महतले नविनतम  वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिए । 

    खास गरी विदेशी विनिमय जोखिमको कारणले आइएफसि मार्फत प्रवाह हुने कर्जाको  विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए । 

    बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा पेस गर्न लागेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानुन निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। 

    साथै स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी जनाए । अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे । 

    आइएफसिका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्र मार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानुनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैङ्कले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे । 

    उक्त अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैङ्क दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र साटी कुर्नियाटीसंग द्विपक्षीय हितका विषयमा वार्ता सम्पन्न भएको हो ।

     


    images
    images

    Logo