काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको महांघले जनाएको छ ।