images
images

६६ प्रतिशतले बढ्यो मर्सिडिज बेन्जको विद्युतीय सवारी साधनको बिक्री


  • 356
    SHARES
  • २०८० आश्विन २४ गते बुधबार

    ६६ प्रतिशतले बढ्यो मर्सिडिज बेन्जको विद्युतीय सवारी साधनको बिक्री

    जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मङ्गलबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ ।

    त्रैमासिकमा मर्सिडिजका आरामदायी महङ्गा कारका लागि चीन एक महत्वपूर्ण बजार हो । 

    कम्पनीले तेस्रो त्रैमासिकमा ६१ हजार ६०० विद्युतीय सवारी साधन (बीइभीएस) बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढी हो र तीन हजार ७०० ईक्यूएस एसयूभी कार बेचेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशतले बढी हो ।

    यस वर्षको पहिलो नौ महिनामा मर्सिडिज बेन्जले आफ्नो विद्युतीय कारको बिक्री लगभग दोब्बर बनाएको छ । यद्यपि, समग्र बिक्री तेस्रो त्रैमासिकमा चार प्रतिशतले घटेर पाँच लाख १० हजार ६०० मा झरेको छ ।

    तेस्रो त्रैमासिकमा, जी–क्लास र मर्सिडीज–मेबाख, दुवैले नयाँ रेकर्डहरू तोडे । चीनमा यी कारको बिक्री क्रमशः ३५ प्रतिशत र ३० प्रतिशतले बढेको छ । चीनमा मर्सिडिजका कम्पनीको समग्र उत्पादनको बिक्री स्थिर रह्यो ।

    मर्सिडीज–बेन्ज एस–क्लास पनि चिनियाँ बजारमा एक प्रमुख विक्री हुने कारका रूपमा रह्यो । एस–क्लासको बिक्रीमा उल्लेखनीय नौ प्रतिशत वृद्धि गरेको छ ।

     तेस्रो त्रैमासिकमा एस–क्लासको बिक्रीमा १८ प्रतिशतले विश्वव्यापी गिरावट आए पनि चीनमा भने यसले राम्रो बजार पाएको थियो । 


    images
    images

    Logo