images
images

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बाेलायाे


  • 294
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बाेलायाे
    काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । 
     
    कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 
     
    यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।


    images
    images

    Logo